National life
cg eloctronics

सञ्चालनमा रहेका चार बीमा कम्पनीले जेठसम्म गरे २४ करोड बराबरको व्यापार  

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ असार २०८१, आइतबार
1.4kShares
सञ्चालनमा रहेका चार बीमा कम्पनीले जेठसम्म गरे २४ करोड बराबरको व्यापार  
muktinatha bikash bank

काठमाडौँ। चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अर्थात् जेठसम्मको अवधिमा निर्जीवन लघु बीमा कम्पनीहरूले झन्डै २४ करोड रुपैयाँ बराबरको व्यापार गरेका छन्। हाल सञ्चालनमा रहेका चार वटा कम्पनीले उक्त रकम बराबरको व्यापार गरेका हुन् ।

बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकको अनुसार ४ निर्जीवन लघु बीमकले उक्त ११ महिनाको अवधिमा १ लाख ४ हजार २७९ वटा बीमालेख जारी गर्दै २३ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

नेपाल माइक्रोले यस अवधिमा सबैभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ ।  कम्पनीले ४३ हजार १९७ वटा बीमालेख जारी गर्दै ८ करोड ८३ लाख ९६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो ।

त्यस्तै दोस्रोमा प्रोटेक्टिभ माइक्रोले स्थान शुरक्षित गरेको छ। यो लघु बीमकले २५ हजार १३५ वटा बीमालेख जारी गर्दै ७ करोड ४९ लाख १३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यसैगरी व्यापारको हिसाबले स्टार माइक्रो तेस्रो स्थानमा रहेको छ।

everest bank

यो कम्पनीले २६ हजार ५८९ वटा बीमालेख जारी गर्दै ५ करोड ३७ लाख ४२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। त्यस्तै उक्त अवधिमा ट्रस्ट माइक्रोले २ करोड २० लाख ६९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीले ९ हजार ३५८ वटा बीमालेख जारी गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?