National life

सन नेपाल लाइफको आइपीओमा ओभरसस्क्राइब ,करिव १६ लाखले दिए आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०४ भदौ २०८०, सोमबार
608Shares
सन नेपाल लाइफको आइपीओमा ओभरसस्क्राइब ,करिव १६ लाखले दिए आवेदन
ncell

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मुल्यमा निष्काशन गरेको आइपीओमा करिव १६ लाखले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अन्तिम दिन अर्थात भदौ ४ गते साँझ ५ः०६ बजेसम्म १५ लाख ७७ हजार ७४४ जना आवेदकले ४ अर्ब २६ करोड १९ लाख १९ हजार ७०० रुपैयाँ बराबरको १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले ७६ लाख ८० हजार कित्ता सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको थियो । कम्पनीले बोर्डबाट आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसमध्ये ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

बाँकी रहेको शेयरमध्ये ४ लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ भने ४ लाख ८० हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखिएको छ। सर्वसाधारणले अंकित मूल्यमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ताका लागि आवेदन दिएका हुन्।

 

यो समाचार शेयर गर्नुहोस्
608SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?