National life

सन नेपाल लाइफको नाफा १६.६१ करोड, प्रतिसेयर आम्दानी कति?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० कात्तिक २०८१, शुक्रबार
1.3kShares
सन नेपाल लाइफको नाफा १६.६१ करोड, प्रतिसेयर आम्दानी कति?
ncell

काठमाडौँ। चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो त्रैमाससम्ममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

कम्पनीको अघिल्लो आवको सोही अवधिको तुलनामा यो नाफा  ०.४९ प्रतिशतले बढी हो। अघिल्लो आवको पहिलो त्रैमाससम्ममा कम्पनीले १६ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आम्दानी २१.२५ प्रतिशतले बढेको छ। पहिलो त्रैमाससम्म कम्पनीले १ अर्ब ३ करोड रुपैयाँ बराबरको खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले ८५ करोड १३ लाख रुपैयाँ बराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।

त्यस्तै समीक्षा अवधिमा कम्पनीले ८५ करोड ८६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा ३१.७९ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा यो रकम ६५ करोड १४ लाख रुपैयाँ थियो।

यस्तै, यस अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत २१ करोड ६४ लाख रुपैयाँ,अन्य प्रत्यक्ष आम्दानीबाट ३९ लाख ३१ हजार र बीमितलाई प्रदान गरिएको कर्जाबाट ७० लाख ३४ करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ ।

कम्पनीको कुल आम्दानी १ अर्ब २९ करोड रुपैयाँ रहेको छ ।  कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब १२ करोड ३९ लाख रुपैयाँ बराबरको कुल खर्च गरेको छ।

यस्तै कम्पनीको रिटेन्ड अर्निङ ६९ करोड ३२ लाख रुपैयाँ र सेयर प्रिमियम शीर्षकमा १ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी९ईपीएस० १६.७८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६३.८२ रुपैयाँ कायम रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?