National life

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा इन्टरनेशनल सेल्स ट्रेनिङ्ग सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२४ माघ २०८२, शनिबार
1.4kShares
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा इन्टरनेशनल सेल्स ट्रेनिङ्ग सम्पन्न
ncell
काठमाडौं।  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी रिजन अन्तर्गतका ११ शाखाका अभिकर्ताहरुलाई पाल्पाको होटल श्रीनगर मा ४ दिने सन नेपाल इन्टरनेशनल सेल्स ट्रेनिङ्ग सम्पन्न गरेको छ । अभिकर्ताको दक्षता, आत्मविश्वास तथा व्यवसायिक क्षमतामा अभिवृद्धि गर्ने उद्धेश्यले उक्त  तालिम आयोजना गरिएको हो ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कार्यक्रमका प्रमुख अतिथि प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले बीमा क्षेत्रलाई विश्वासिलो र व्यवसायिक बनाउनको लागि यस क्षेत्रमा भएका विभिन्न न्बउ हरुलाई पहिचान तथा विश्लेषण गरी त्यसलाई पुरा गर्नको लागि अभिकर्ताको भुमिका महत्वपूर्ण भएकोले अन्तर्राष्ट्रिय स्तरको सेल्स ट्रेनिङ्ग संचालन गरिएको र यस तालिमले अभिकर्ता सहित संस्थागत क्षमता वृद्धि गर्न मदत पुग्ने बताउनुभयो ।
कार्यक्रममा कम्पनीका सिइओ राज कुमार अर्याल प्रमुख अतिथि तथा अल्टरनेटिभ सेल्स हेड कमल सापकोटा, लिड रिक््रयुइटमेन्ट अफिसर सुनिल अधिकारी लुम्विनी रिजन प्रमुख सन्तोष कुँवर क्षेत्री लगायत अतिथिको रुपमा उपस्थित रहेका थिए । अभिकर्ताहरुलाई बीमा विक्रीकला, ग्राहकमैत्री सेवा प्रवाह तथा आधुनिक बीमा बजारको अभ्यासको आवश्यकता बारे प्रशिक्षण दिइएको थियो ।
यस तालिममा अभिकर्ताहरुलाई प्रमाणित बिक्रि प्रकृया सिकाउने, आत्मविश्वासी बनाउने, गुणस्तरीय ग्राहक सेवा प्रदान गर्ने क्षमतामा वृद्धि, ल्याउने, अभिकर्ता पेसालाई प्रोफेसनल, सम्मानजनक र व्यवस्थित पेसाको रुपमा विकास गर्ने, आधुनिक र प्रविधिमैत्री बनाउने तथा बीमा सम्बन्धी विस्तृत जानकारी प्रदान गर्ने लगायतका विषय समावेश गरिएको थियो ।
चार दिन सम्म १९ गते देखि २२ गतेसम्म संचालन भएको उक्त तालिममा प्रशिक्षकको रुपमा अल्टरनेटिभ सेल्स हेड कमल सापकोटा, लिड रिक््रयुइटमेन्ट अफिसर सुनिल अधिकारी लुम्विनी रिजन प्रमुख सन्तोष कुँवर क्षेत्रीको प्रशिक्षण रहेको थियो ।
हाल सन नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न बीमा योजनाहरु सहित देश भरिका १४८ शाखा तथा उपशाहरुबाट आफ्ना सेवाहरु प्रदान गरिरहेको छ ।
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?