National life

समता घरेलु लघुवित्तको लाभांश प्रस्ताव, बोनस र नगद कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ मंसिर २०८०, सोमबार
536Shares
समता घरेलु लघुवित्तको लाभांश प्रस्ताव, बोनस र नगद कति ?
ncell

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको आइतबार (मंसिर २४ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३९ करोड ४१ लाख ५५ हजार ८२१ रुपैयाँको कुल ५.७०७६ प्रतिशतले हुन आउने २ करोड २४ लाख ९६ हजार ९१६.८९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसमा ५.४२२२ प्रतिशतले हुन आउने २ करोड १३ लाख ७२ हजार ७१.०५ रुपैयाँबराबरको बोनस शेयर र ०.२८५४ प्रतिशतले हुने ११ लाख २४ हजार ८४५.८४ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

संस्थाको शेयर संरचना संस्थापक ७० प्रतिशत र सर्वसाधारण ३० प्रतिशत कायम गराउने उद्देश्यले नपुग ३ करोड ३२ लाख ८५ हजार ६०० रुपैयाँबराबरको शेयर सर्वसाधारणका लागि थप सार्वजनिक निष्कासन (एफपीओ)सम्बन्धी प्रक्रियामा रहेको हुँदा वार्षिक साधारणसभा सञ्चालन प्रयोजनार्थ बुक क्लोजभन्दा अगावै शेयर समायोजन भए समायोजित शेयरधनीहरुलाई समेत प्रस्तावित लाभांश वितरण गरिने संस्थाले जनाएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
536SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?