National life

समता घरेलु लघुवित्तले कात्तिक १२ गतेदेखि एफपीओ निष्कासन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ कात्तिक २०८१, आइतबार
628Shares
समता घरेलु लघुवित्तले कात्तिक १२ गतेदेखि एफपीओ निष्कासन गर्ने
ncell

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्कासन९एफपीओ० गर्ने भएको छ। संस्थाले कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ सेयर निष्कासन गर्न लागेको हो।

साविकको मनकामना स्मार्ट लघुवित्त मर्ज भई बनेको संस्थाको कुल चुक्तापूँजीमा पूँजी संरचना अनुपात ६९.४८:३०.५२ कायम हुनेगरी नपुग सेयर रकमबराबरको एफपीओ निष्कासन गर्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एफपीओको निष्कासन बन्द छिटोमा कात्तिक २० गते र ढिलोमा कात्तिक २६ गते बैंकिङ समयपछि हुनेछ । एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

एफपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ नेपालले संस्थालाई ‘इक्रा आईआरबीबी’ रेटिङ प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा मक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
628SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?