National life

समाचार लेखेकै भरमा फौजदारी अभियोजनतर्फ लग्न खोजिएको भन्दै नाफिजको ध्यानाकर्षण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ वैशाख २०८१, मङ्गलबार
717Shares
समाचार लेखेकै भरमा फौजदारी अभियोजनतर्फ लग्न खोजिएको भन्दै नाफिजको ध्यानाकर्षण
ncell

काठमाडौँ ।  सिधाकुरा’ अनलाइनको ‘द डार्क फाइल’ शृंखलामा प्रकाशित समाचारजन्य सामग्रीलाई लिएर विकसित घटनाक्रमप्रति नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नाफिजले जारि गरिएको बिज्ञप्ति भनिएको छ, ‘ नेपालको संविधानले मौलिक हक र कर्तव्य (भाग ३) अन्तर्गत धारा २४ मा आमसञ्चारको हकसम्बन्धी व्यवस्था गर्दै सोही धाराको उपधारा १ मा ‘विद्युतीय प्रकाशन, प्रसारण तथा छापालगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्वप्रतिबन्ध लगाइनेछैन’ भनी स्पष्ट किटान गरेको सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट ‘सिधाकुरा’का उक्त सामग्रीलाई लिएर सोमबार भएको आदेशले प्रेस स्वतन्त्रताप्रति चिन्तित हुने अवस्था सिर्जना भएको हाम्रो ठहर छ ।

विशेष गरी अनुसन्धान, छानबिन नै नगरी समाचार हटाउन र तत्सम्बन्धी सामग्रीको प्रकाशनपूर्व नै बन्देज लगाउने गरी भएको आदेशलाई संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्न नसकेको हाम्रो ठहर छ । समाचारजन्य सामग्रीको प्रकाशन र प्रसारणमा चित्त नबुझे, कैफियत भेटिए त्यसको अनुसन्धान र छानबिन गर्न तथा कारबाही समेत गर्ने छुट्टै निकाय (प्रेस काउन्सिल नेपाल) र कानुनी व्यवस्था समेत भएको सन्दर्भमा हतार हतार भएको सक्रियता र त्यसपश्चातका घटनाक्रमप्रति हामी चासो व्यक्त गर्दछौँ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, यससम्बन्धी जिम्मेवार निकाय प्रेस काउन्सिलले समेत उक्त सामग्रीको अनुसन्धान नै नगरी एक पक्षीय उजुरीकै आधारमा तत्कालै समाचार सामग्री हटाउन दिएको २४ घण्टे निर्देशनप्रति हाम्रो आपत्ति छ ।

प्रकाशित सामग्रीबारे प्रश्न उठिसकेपछि तत्सम्बन्धी प्रमाणबारे सर्वप्रथम जिम्मेवार निकायबाट सत्यतथ्य जाँचपडताल हुनुपर्नेमा त्यसो नभई सिधाकुराका प्रकाशक युवराज कँडेल र हाम्रो संस्थाका महासचिव समेत रहेका त्यस संस्थाका कार्यकारी सम्पादक नवीन ढुंगानालाई फौजदारी अभियोजनतर्फ लग्न खोजिएकोमा नाफिज दुःख व्यक्त गर्दछ ।,’

 

यो समाचार शेयर गर्नुहोस्
717SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?