National life

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ असोज २०८०, शनिबार
553Shares
सयपत्री फूलबाट बाह्रै महिना आम्दानी
ncell

झापा । घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने सयपत्री फूलको व्यावसायिक खेतीसँगै बाह्रै महिना फुल्न थालेको छ । यसका कारण सयत्रपी फूलले सौन्दर्यता मात्र नभई आम्दानीसमेत दिने गरेको मेचीनगर नगरपालिका–९ का डीएन्डडी बायोप्लान्टेक नामक कम्पनी सञ्चालक डिल्लीराम उप्रेतीले बताए।

विगत १० वर्षदेखि नर्सरी व्यवसायमा लागेका उप्रेतीले तीन कठ्ठा जमिनमा यतिबेला सयपत्री फूल ढकमक्क फुलाएका छन् । उनले मेचीनगर नगरपालिका–९ मा तीन कठ्ठा र विर्तामोड नगरपालिका–६ बुट्टाबारीमा १५ कठ्ठा जमिनमा सयपत्री फूलको व्यावसायिक खेती गर्र्दै आएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तीमध्ये मेचीनगरमा लगाइएको फूल ढकमक्क फुलेर धमाधम बिक्री भइरहेको छ । उनको बारीमा फुलेको सयपत्री फूल खरिदका लागि विर्तामोड, धुलाबारी र काँकरभिट्टाका सङ्घसंस्था धेरै आउने गरेका छन् । बाह्रै महिना सयपत्री फूलको उपलब्धता हुने भएपछि जिल्लामा हुने अधिकांश सभा समारोहमा त्यही प्रयोग हुन थालेको उनले बताए। उनले अग्रिम फूलका अर्डर गर्ने संस्थासंस्थाको कार्यक्रमस्थलमै माला पु¥याउने व्यवस्था मिलाइएको जानकारी दिए ।

“सयपत्री फूल फुल्न सिजन चाहिँदैन”, उनले भने, “गर्दा बाह्रैमास हुन्छ । व्यावसायिक रुपमा गरिरहेको छु, आम्दानी पनि भइरहेको छ ।” उनले उत्पादन गर्न सके बजारको समस्या नहुने बताए । बारीमा फुलेको सयपत्री फूलप्रति माला रु ५० का दरले बिक्री हुने गरेको उनी सनाउन्छन्। सयपत्री फूलको खेतीबाट थोरै लगानीमा धेरै आम्दानी हुने उनको बुझाइ छ ।

जिल्लामा विगतका वर्षमा चाडपर्वलाई मात्रै लक्षित गरेर सयपत्रीको फूल उत्पादन गर्ने गरिएको थियो । चाडपर्वमा फूलको माग बढ्ने भएपछि त्यसैलाई लक्षित गरेर समूह तथा व्यक्तिगत रुपमा फूलको व्यावसायिक खेती हुने गरेको हो । मेचीनगर, विर्तामोड, कनकाई, दमक, गौरादह नगरपालिकालगायतका किसानले पाँच कठ्ठादेखि एक विगाह जमिनमा तिहारलाई लक्षित गरेर सयपत्री फूलको खेती लगाएका छन् ।

स्थानीय सरकारले किसानलाई प्रोत्साहन स्वरुप सुलभ कर्जा र अनुदानमा लगानी गर्ने हो भने फूलको परनिर्भरतालाई हटाउन सकिने उहाँको बुभाइ छ । रासस

 

यो समाचार शेयर गर्नुहोस्
553SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?