काठमाडौँ । एमालेका सांसद योगेशकुमार भट्टराईले सरकारको विपद्पूर्वतयारी सन्तोषजनक नरहेको बताए ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै भट्टराईले जलवायु परिवर्तनका कारण पूर्व अनुमान नै गर्न नसक्ने गरी मौसमहरू प्रतिकुल हुँदै जाने गरेको स्मरण गर्दै त्यसको असर आम मानिसहरूमा परिरहेको बताएका हुन् ।
विपद् प्राधिकरणलाई पर्याप्त बजेट नपुगेको भट्टराईको भनाई छ । भट्टराईले प्राधिकरणलाई वार्षिक १८ करोड रुपैयाँ छुट्टाइएको र १५ करोड साधारण खर्च रहेको भन्दै प्राधिकरणले सो बजेटमा कुनै काम गर्न सक्ने अवस्था नरहेको धारणा राखे ।
‘त्यसै गरीकन हामीसँग दक्ष जनशक्ति छैन। हामीसँग आधुनिक साधनहरू छैनन् । जसले समयमै उद्धार हुनसक्ने अवस्थामा पनि हामीले गर्न सकिरहेका छैनौँ । सरकारले गर्न सकिरहेको छैन,’ भट्टराईले भने
सचिव भट्टराईले भूकम्पलाई छोडेर बाढी, पहिरो, चट्याङ जस्ता प्राकृतिक विपत्तिबाट वार्षिक ५ सय मानिसको अकालामा मृत्यु हुने गरेको भन्दै सरकारले गम्भीरताका साथ व्यवस्थापन गर्नका लागि माग गरे ।

































