National life
cg eloctronics

सरकारले कोरियाका लागि एनओसी रोकेपछि विद्यार्थी आन्दोलित (भिडियो सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ जेठ २०८२, मङ्गलबार
636Shares
सरकारले कोरियाका लागि एनओसी रोकेपछि विद्यार्थी आन्दोलित (भिडियो सहित)
ncell

काठमाडौँ । उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरिया जान लागेका नेपाली विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । सरकारले अचानक वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) बन्द गरेपछि समस्यामा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । सो क्रममा उनीहरूले आइतबार सानोठिमीस्थित एनओसी कार्यालय अगाडि प्लेकार्ड सहित धर्ना दिएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वैशाख ३० गते दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीको नियमन गर्नुपर्ने अवस्था देखिएको भन्दै एनओसी वितरण स्थगित गरिएको जनाएको थियो । हालका लागि डी टु र डी फोर भिसामा स्नातक तहको अध्ययन गर्न जाने विद्यार्थीहरूलाई एनओसी स्थगित गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

https://www.youtube.com/watch?v=CGZf6lXCVp0

यी कार्यक्रम अध्ययन गर्न जाने विद्यार्थीहरूले रोजगारीलाई बढी प्राथमिकता दिएको र अध्ययनलाई निरन्तरता नदिने समस्या देखिएको मन्त्रालयको भनाइ छ ।

आफूहरूलाई समस्या परेको भन्दै विद्यार्थीहरूले सर्वोच्च अदालतमा रिट पनि दायर गरेका छन् । यसले विद्यार्थीहरूको आन्दोलनलाई कानुनी र संवैधानिक ढंगले अघि बढाउने बाटो खुला गरेको उनीहरूको भनाइ छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
636SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?