National life

सरकारले कृषि बीमाको रकम भुक्तानी गर्ने,अझै २ अर्ब २० करोड लिन बाँकी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२४ जेठ २०८०, बुधबार
859Shares
सरकारले कृषि बीमाको रकम भुक्तानी गर्ने,अझै २ अर्ब २० करोड लिन बाँकी
ncell

काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी बीमाको प्रिमियममा दिने भनेको अनुदान बापत बल्ल ७५ करोड रुपैयाँ निकासा गरेको छ । सरकारले आज बसेको छलफल पश्चात् पहिलो चरणको कृषि बीमा दाबी भुक्तानी रकम दिने भएको हो ।

सरकारले कृषि तथा पशुपन्छी बीमाका लागि ८० प्रतिशत अनुदान दिदै आएको छ । निर्जीवन बीमा कम्पनीहरुले गत जेठ ७ गतेबाट यसको कारोबार स्थगित गरिरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नयाँ बीमापोलिसी पनि जारी गरिएको छैन । साथै, दावी भुक्तानी पनि रोकिएको छ । त्यसको दुई हप्तापछि सरकारले ७५ करोड रुपैयाँ भुक्तानी दिन लागेको हो ।

संघका अनुसार सरकारले अनुदान बापत २ अर्ब ९४ करोड ५८ रुपैयाँ दिनुपर्नेछ । पहिलो चरणको रकम दिने सहमती भएको छ, कृषि मन्त्रालयले चार महिनाको रकम दिन लागेको हो । मन्त्रालयले मंसिर, पुस, माघ, फागुण महिनाको अनुदान वापतको रकम भुक्तानी गर्न लागेको हो ।

बीमा कम्पनीहरुले सरकारले अनुदान बापत दिनु पर्ने रकमलाई बाँकी राखेर कृषकहरु सँग २० प्रतिशत मात्रै बीमा शुल्क लिएर बीमा गराउदै आएका थिए । यसरी सरकारले नै बीमाको सिद्धान्त विपरित उधारोमा बीमा गराउदै आएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
859SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?