National life

सरकारले विद्यार्थी संगठन र ट्रेड युनियन खारेज गर्ने तयारी गरेपछि नेकपाको विरोध

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२९ चैत २०८२, आइतबार
1.2kShares
सरकारले विद्यार्थी संगठन र ट्रेड युनियन खारेज गर्ने तयारी गरेपछि नेकपाको विरोध
ncell

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीप्रति विरोध जनाएको छ।

केन्द्रीय कार्यसंयोजन समितिको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेता जगन्नाथ खतिवडाले यस्तो प्रस्तावको पार्टीले कडा विरोध गर्ने स्पष्ट पारे। उनका अनुसार विद्यार्थी संगठन तथा ट्रेड युनियनका गतिविधि रोक्ने प्रयास लोकतान्त्रिक अधिकारविरुद्ध हुने नेकपाको ठहर छ।

उनले भने, "कलेज तथा युवासँग सम्बन्धित संगठनहरूमाथि प्रतिबन्ध लगाउने कदमले नागरिक अधिकार सीमित बनाउने भएकाले यस्तो निर्णय स्वीकार्य नहुने पार्टीको धारणा रहेको छ।"

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, बैठकमा वर्तमान राजनीतिक अवस्था, नयाँ सरकारका नीति तथा कार्यक्रम, आगामी रणनीति र पार्टी एकीकरणपछि संगठनात्मक संरचना मिलाउने विषयमा समेत विस्तृत छलफल गरिएको जानकारी दिइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?