National life

सरकारले शेयर बजारमा सम्पत्ती सुद्धिकरणको छानबिन गर्दैन, नेपालको शेयर बजार पारदर्शी छः अर्थमन्त्री वाग्ले

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२३ चैत २०८२, सोमबार
1.5kShares
सरकारले शेयर बजारमा सम्पत्ती सुद्धिकरणको छानबिन गर्दैन, नेपालको शेयर बजार पारदर्शी छः अर्थमन्त्री वाग्ले
ncell

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अफवाह फैलाउने र इनसाइडर ट्रेडिङ गर्नेलाई निस्तेज पारिने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको छलफलका क्रममा वर्तमान आर्थिक, नीतिगत र समसामयिक विषयमा सरकारको धारणा स्पष्ट पार्दै इनसाइडर ट्रेडिङ गर्नेलाई निस्तेज पार्ने बताएका हुन्।

यद्यपी, शेयर बजारमा सम्पत्ती सुद्धिकरण छानबिन गर्नेतर्फ सरकारले नसोचेको अर्थमन्त्रीको भनाई छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शेयर बजार नेपालका अन्य क्षेत्रभन्दा पारदर्शी भएकाले बजारमा भित्रिएको लगानीको सम्पत्ती सुद्धिकरण छानबिन गर्नेतर्फ सरकार नरहेको उनको भनाई छ। यहीकारण, लगानीकर्ता आत्तिनु नपर्ने वाग्लेले बताए।

स्टक मार्केटबारे बोल्दै उनले बजारमा अफवाह फैलाइएको भन्दै चिन्ता व्यक्त गरे। ‘सरकारले अघि बढाएको सम्पत्ती सुद्धिकरणसम्बन्धी अनुसन्धानलाई देखाउँदै केही समूहले चलखेल गर्न खोजेको छ,’ वाग्लेले थपे, ‘तर पनि इनसाइडर ट्रेडिङ’ गर्ने र नियम विपरीत कारोबार गर्नेलाई निस्तेज पारिन्छ।’

तर, शेयर बजारमा भएको लगानीको वैद्यता खोज्नेबारे अहिले नै सरकारले छलफल नगरेको वाग्लेको भनाई छ। ‘शेयर बजारमा आएको लगानी वैद्य र अवैद्य भनेर अनुसन्धान सुरु भएको छैन। किनकी, शेयर बजारमा चेक र बैंकिङ्ग माध्यमबाट कारोबार हुन्छ,’ उनले थपे।

सोहीकारण, शेयर लगानीकर्ताले आत्तिनु नपर्ने बताउँदै सरकार बन्नुअघि र बनिसकेपछि शेयर बजार घट्नुपर्नेगरी अर्थतन्त्रमा व्यापक परिवर्तन आइनसकेको बताए। यस्तै, मध्यपूर्वमा बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै सरकारले आवश्यक सावधानी अपनाएको उल्लेख गर्दै उनले सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको जानकारी दिए।

युद्धग्रस्त देशमा रहेका २५ लाख नेपालीलाई स्वदेश फर्काउने भन्दा पनि समस्या परेका नेपालीलाई प्राथमिकताका साथ उद्धार गर्ने काम भइरहेको उनको भनाई छ। अर्थमन्त्री वाग्लेले सरकारले अनावश्यक तामझामका साथ कारबाही नगर्ने तर वर्षौंदेखि अनुसन्धान भएर थन्केका मुद्दाहरूलाई अगाडि बढाइएको स्पष्ट पारे । नेपाललाई ‘ग्रे लिस्ट’बाट हटाउन पनि सरकारले सम्पत्ती सुद्धिकरणबारे अनुसन्धान सुरु गर्नुपरेको जानकारी दिए।

सरकारको नीति राजनीतिक सुशासनसँगै आर्थिक सुशासन कायम गर्ने भएकाले आगामी जेठ १५ मा आउने बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुने बताए। यसैगरी, सरकारी स्वामित्वका संस्थानहरूको व्यवस्थापनबारे बोल्दै उनले गोरखकाली लगायत केही संस्थाहरूलाई कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको र यसलाई आगामी बजेटमा समेटिने बताए।

त्यसक्रममा नाफिज अध्यक्ष मेनुका कार्कीले अर्थतन्त्र बारे जानकार व्यक्ती मन्त्रालयमा आउँदा देशले आर्थिक विकासमा फड्को मार्ने अपेक्षा चौतर्फी रहेको बताइन्। उनले सरकारले प्रत्येक वर्ष ठूलो आकारको बजेट ल्याउने र कार्यान्वयन फितलो हुने समस्या रहेको हुँदा अर्थतन्त्रबारे जानकार मन्त्रीले यसबारे सोचविचार गर्नुपर्ने बताइन्।

यस्तै, राजस्व संकलनको लक्ष्य एकातिर र संकलनको तथ्यांक अर्कोतिर हुने गरेको विगतको परिपाटीलाई समेत चिर्नुपर्ने उनको भनाई थियो। यसबाहेक, अर्थमन्त्रालय र नाफिजबीच विगतदेखि नै सहकार्य भइरहेको हुँदा देशको समग्र आर्थिक विकासमा सहकार्य गरेर अघि बढ्न नाफिज तत्पर रहेको अध्यक्ष कार्कीको भनाई छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?