National life

सरकारी साक्षीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२२ माघ २०८२, बिहिबार
1.1kShares
सरकारी साक्षीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर
ncell

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका दुई व्यक्तिले अदालतमा प्रतिकुल बकपत्र गरेपछि उनीहरूविरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतले मोही जग्गा दर्ताका लागि सेवाग्राहीसँग २४ लाख ५० हजार रुपियाँ घुस लिएको प्रकरणमा सरकारी साक्षी बनाइएका तेजबहादुर तामाङ र सानुकान्छा तामाङविरुद्ध मुद्दा चलाइएको हो ।

भक्तपुर, चाँगुनारायण नगरपालिका–४ का तामाङद्वयले आयोगमा अनुसन्धानका क्रममा गरेको बयान प्रतिकुल हुने गरी विशेष अदालतमा बकपत्र गरेको आयोगको ठहर छ ।

साविक चाँगुनारायण गाविस–५ ख, कित्ता नं.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
२८६ र २८९ को जग्गा बाँडफाँड तथा नामसारीका लागि सहजीकरण गरिदिने भन्दै कर्मचारीसँगको मिलेमतोमा घुस लेनदेन भएको कार्य पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, बयान फेर्ने साक्षीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९३० बमोजिमको कसुरमा २४ लाख ५० हजार रुपियाँ बिगो कायम गरिएको छ ।

उनीहरूलाई सोही ऐनको दफा ३ को उपदफा ९१० को देहाय (घ) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजायको माग दाबी गर्दै आरोपपत्र दायर गरिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?