National life

सर्वसाधरणका लागि झण्डै ५ लाख कित्ता शयर बेच्दै एलआईसी नेपाल, मूल्य कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ माघ २०८१, सोमबार
727Shares
सर्वसाधरणका लागि झण्डै ५ लाख कित्ता शयर बेच्दै एलआईसी नेपाल, मूल्य कति ?
ncell

काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले माघ २१ गतेदेखि अवितरित ४ लाख ९२ हजार ५७७ कित्ता (सर्वसाधारण समूह) हकप्रद शेयर लिलाम मार्फत बिक्री गर्ने भएको छ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। शेयर इच्छुक जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले किन्न सक्नेछन् भने शेयर किन्न आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, ठमेल काठमाडौं वा एलआईसीका विराटनगर, वीरगंज, पुतलीसडक, पोखरा, नेपालगञ्ज, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आवेदन दिने अन्तिम मिति फागुन ५ गते सोमबार कार्यालय समयसम्म मात्रै रहेको छ। कम्पनीले कात्तिक ९ गतेसम्म कायम शेयरधनीका लागि गत मंसिर १२ देखि पुस १७ गतेसम्म ८८.४५ प्रतिशतका दरले २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो।

 

यो समाचार शेयर गर्नुहोस्
727SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?