National life

सर्वाधिक भीड हुने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा अनलाइन सेवा सुरु

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२५ असोज २०८०, बिहिबार
708Shares
सर्वाधिक भीड हुने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा अनलाइन सेवा सुरु
ncell

काठमाडौं । यातायात व्यवस्था कार्यालयमा अनलाइन सेवा सुरु भएको छ । सर्वाधिक भीड हुने यातायात व्यवस्था कार्यालय एकान्तकुनामा बिहीबारदेखि अनलाइन सेवा सुरु भएको हाे ।

नयाँ सवारी चालक अनुमतिको आवेदन गर्न यसअघि नै अनलाइन सेवा सञ्चालनमा थियो । बिहीबारदेखि राजश्व भूक्तानी, लाइसेन्स नवीकरण र वर्ग थप अनलाइनबाटै हुने व्यवस्था मिलाइएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले अनलाइन सेवा सुरु गरेका हुन् ।

दैनिक हजारौं सेवाग्राही एकान्तकुना कार्यालयमा लाइन बस्ने गरेका थिए । आजदेखि त्यो लाइन पूर्णरुपमा हट्ने मन्त्री ज्वालाले बताए ।

सवारी चालक अनुमति पत्रका लागि अब लिखित परीक्षा, ट्राइल परीक्षा र बायोमेट्रिक गर्न तीन पटक मात्र यातायात व्यवस्था कार्यालय पुगे हुने बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लम्सालले बताए ।

 

यो समाचार शेयर गर्नुहोस्
708SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?