National life

सशस्त्र प्रहरीका परिवारलाई चन्द्रागिरि,लुम्बिनी र मौलाकाली केवलकारमा छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०८ असार २०८०, शुक्रबार
1.3kShares
सशस्त्र प्रहरीका परिवारलाई चन्द्रागिरि,लुम्बिनी र मौलाकाली केवलकारमा छुट
ncell

आईएमई ग्रुप अन्तर्गतका केवलकार कम्पनीहरु चन्द्रागिरि हिल्स, मौलाकाली केवलकार र लुम्बिनी केवलकारले सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरूलाई केवलकारको टिकट मूल्यमा छुट दिने भएका छन्।

आज सशस्त्र प्रहरी बलको प्रधान कार्यालय र तीनवटै केवलकार कम्पनीहरुले छुट प्रदान सम्बन्धी सम्झौता गरेका हुन्। सम्झौता अनुसार, बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु, आश्रित परिवारहरु साथै नेपाल एपी एफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले केवलकारको टिकट मूल्यमा २० प्रतिशत छुट प्राप्त गर्ने छन्।

सशस्त्र प्रहरी बलको कल्याणकारी योजना अनतर्गत भएको यो सम्झौता बमोजिम यो छुट प्राप्त गर्न बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरुले सम्बन्धित कार्यालयले प्रदान गरेको परिचय पत्र, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुले पेन्सन पट तथा आश्रित परिवारहरुले नाता प्रमाणित कागजात देखाउनु पर्ने छ।

सम्झौता पत्रमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रविण कडेंल र मौलाकाली तथा लुम्बिनी केवलकारका तर्फबाट कम्पनीका प्रतिनिधी रुद्र पौडेल, चन्द्रागिरि हिल्सका तर्फबाट महाप्रबन्धक संजिव थापाले हस्ताक्षर गरेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बलका प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेलको उपस्थितिमा भएको हस्ताक्षर समारोहमा आईएमई अन्तर्गतको बेष्ट रिसोर्टका निर्देशक अभिषेक विक्रम शाह लगायत आईएमई ग्रुप तथा शसस्त्र बलका प्रतिनिधिहरुको सहभागिता थियो।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?