National life

सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई हिरासतमा पठाउन अदालतको आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ माघ २०८१, आइतबार
1.3kShares
सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई हिरासतमा पठाउन अदालतको आदेश
ncell

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई काठमाडौं जिल्ला अदालतले हिरासत पठाउन आदेश दिएको छ ।

थुनछेक बहस नसकिएपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले जोशीलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो । बयान सकिएर आजै सरकारी वकिलले बहस पनि गरेका छन् । तर उनको तर्फबाट पनि बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अब सोमबार बहस सकिएपछि थुनछेक आदेश हुने अदालतले जनाएको छ ।

सूर्यदर्शन सहकारी ठगीको अभियोगमा कास्की अदालतबाट ८८ लाख धरौटीमा रिहा भएका जोशी आइतबार बिहान जिल्ला अदालतमा हाजिर भएका हुन् ।

थुनछेक बहस पुरा नभएसम्म उनलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिने छ । यही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ६० लाख धरौटीमा रिहा भइसकेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?