National life

सहकारी ठगी विवाद चर्किएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ चैत २०८०, मङ्गलबार
607Shares
सहकारी ठगी विवाद चर्किएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
ncell

काठमाडौं- प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै प्रतिनिधि सभामा धारणा राख्दै आएको कांग्रेसले अवरोध गरेपछि बैठक स्थगित भएको हो।

मंगलबारको बैठकको सुरुवातमा कांग्रेसकी सचेतक सुशीला थिङले संसदीय छानबिनको विषय उठाएकी थिइन्। उनले मंगलबार नै बसेको कांग्रेस संसदीय दलको बैठकको निर्णय पनि वाचन गरेकी थिइन्।

उनले संसदीय छानबिन समिति गठन नभएमा संसदको बैठक प्रभावित हुने विषयमा सरकार जिम्मेवार हुने प्रष्ट पारेकी थिइन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कांग्रेसले उठाएको विषयप्रति सरकार जिम्मेवार नभएको उनको तर्क थियो। उनले सदनको कामकारबाही अघि नबढाउन आग्रह गरेकी थिइन्।

सभामुखले सदनको वातावरण शान्त बनाउने प्रयास गरे पनि असफल भएका थिए। बरु अन्य पार्टीका सांसदहरू पनि उभिएका थिए। त्यसपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो।

यो समाचार शेयर गर्नुहोस्
607SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?