National life

सहकारी प्रकरण: पूर्व डिआइजी छविलाल जोशी पक्राउ, प्रहरीको निगरानीमा रवि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ असोज २०८१, आइतबार
560Shares
सहकारी प्रकरण: पूर्व डिआइजी छविलाल जोशी पक्राउ, प्रहरीको निगरानीमा रवि
ncell

काठमाडौँ । सूर्य दर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा पूर्व डिआइजी छविलाल जोशी पक्राउ परेका छन् ।

सूर्य दर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा जोशीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो। पक्राउ परेका जोशी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन् । सूर्य दर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु ९जीवी० राई, लामिछाने र जोशी व्यापारिक साझेदार हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अपचलन भएको सहकारी छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

जोशी पक्राउ परेसँगै पूर्व गृहमन्त्री रवि लामिछाने प्रहरीको निगरानीमा परेका छन् । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले जोशी र लामिछानेलाई कारबाही गर्न सिफारिस गरेको थियो । प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयपछि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई आइतबार निर्देशन दिएका थिए । त्यसपछि जोशीलाई पक्राउ गरिएको हो ।

पोखराका सूर्य दर्शन सहकारी पीडितहरूले कास्की प्रहरीमा २०८० माघ २२ गते लामिछानेविरुद्ध जाहेरी दिएका थिए।

यो समाचार शेयर गर्नुहोस्
560SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?