National life

सहकारी रकम अपचलन मुद्दामा लामिछानेको बयान सकियो, थुनछेक बहस आजै हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ पुस २०८१, मङ्गलबार
899Shares
सहकारी रकम अपचलन मुद्दामा लामिछानेको बयान सकियो, थुनछेक बहस आजै हुने
ncell

काठमाडौँ। पोखरा स्थित सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ।

मंगलबार जिल्ला अदालत कास्कीमा रविसहित ७ जनाको बयान सकिएको अदालतले जानकारी दिएको छ । रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं, रामबहादुर खनाल, पूर्व सांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङको समेत बयान लिइएको छ ।

बयान सकिएसँगै मंगलबार नै थुनछेक बहस हुने अदालतको जानकारी छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ। सहकारी ठगी आरोपमा पक्राउ परेकाहरूलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा पनि थपिएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने गत कात्तिक २ गतेयता कास्की प्रहरीको हिरासतमा छन्। उनीमाथि प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा आठ पटक म्याद थपेर अनुसन्धान गरेको थियो।

यो समाचार शेयर गर्नुहोस्
899SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?