काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव झलकराम अधिकारी विरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। विभिन्न महत्वपूर्ण सरकारी निकायमा महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका अधिकारीमाथि घुस लिएको आरोप लगाइएको हो।
आयोगका अनुसार अधिकारीले एच.के.
सो रकम भक्तपुर, थिमी न.पा. साविक वडा नं. १७ (हाल वडा नं.२) स्थित दिव्यश्वरी आयोजना भित्रको कित्ता नं.९९८ क्षेत्रफल १६४.१४ व.मि (०-५-०-२.५९) जग्गा खरिद तथा देवेन्द्र के.सी समेत संचालक रहेको द कुटी रिसोर्टको कर्जा भुक्तानी समेतमा प्रयोग प्रचलनमा ल्याएको तथ्य पुष्टि भएको आयोगको दाबी छ ।
आयोगले द कुटि रिसोर्ट प्रा.लि.का म्यानेजिङ डाइरेक्टर एवं शेयरधनी देवेन्द्र के.सीसँग २० लाख रुपैयाँ बिगो माग गरेको छ । यस्तै, जिल्ला बाँके, नेपालगंज उपमहानगरपालिका वडा नं.२० बस्ने रविन्द्र लामिछानेसँग ५० लाख बिगो माग गरेको छ।
सहसचिव अधिकारी यसअघि वातावरण विभाग, ठूला करदाता कार्यालय, राजस्व अनुसन्धान विभाग तथा अध्यागमन विभागमा महानिर्देशकका रूपमा कार्यरत रहिसकेका व्यक्ति हुन्।

































