National life

सांसद सोविता गौतमले जितिन् ‘पोलिटिसियन अफ द इयर’ अवार्ड

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ साउन २०८०, बिहिबार
502Shares
सांसद सोविता गौतमले जितिन् ‘पोलिटिसियन अफ द इयर’ अवार्ड
ncell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी छन् । अवार्डका लागि सोवितासँगै चिलीकी महिला तथा लैंगिक समतामन्त्री एन्टोनिया कस्मिका लगायत विभिन्न देशका १५ सांसद, मेयर लगायतलाई सर्टलिस्टमा समेटिएका थिए ।

संस्थाले सर्टलिस्टमा समावेशमध्ये ५ जनालाई अवार्ड प्रदान गर्दै आएको छ ।

आयोजक ‘वन योङ वर्ल्ड’का अनुसार प्रतिस्पर्धीहरूमध्येबाट २७ वर्षीया सोबिता गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अष्ट्रेलियाकी अयोर मकुर चुओट र न्यूजील्याण्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड हात पारेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाली इतिहासमा प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सबैभन्दा कान्छी सांसद र रास्वपाको संस्थापक सदस्यको रूपमा गौतमलाई सर्ट लिस्टमा छनौट गरेको थियो । उनलाई बिजुली नपुगेको गाउँमा जन्मिएकी र राम्रो स्रोत साधन नभएको सरकारी विद्यालयमा पढेकी सोबिता आफ्नो भाषण सामाजिक सञ्जालमा अत्यधिक रुचाइएसँगै राजनीति उदाएकी पात्रको रूपमा चिनाइएको छ ।

आफ्नो समुदाय र देशमा युवा मानिसमा सकारात्मक प्रभाव पार्न भूमिका खेलिरहेका विश्वका उच्च राजनीतिज्ञमध्ये पाँच जनालाई यो उपाधि दिने निर्णय गरिएको आयोजकले बुधबार राति घोषणा गरेको हो ।

संस्थाले द वन योङ वर्ल्ड पोलिटिसिएन अफ द इयर अवार्ड हरेक वर्ष १८-३५ वर्ष उमेर समूहका प्रभावशाली राजनीतिज्ञहरूलाई प्रदान गर्छ ।

 

यो समाचार शेयर गर्नुहोस्
502SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?