National life

सागर डिष्टिलरीको आईपीओमा आजदेखि आवेदन दिन सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ साउन २०८२, बुधबार
546Shares
सागर डिष्टिलरीको आईपीओमा आजदेखि आवेदन दिन सकिने
ncell

काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडको आईपीओमा आजदेखि आवेदन खुला गरिएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि सार्वजनिक निष्काशन गरिने शेयरको १० प्रतिशतले हुन आउने १ करोड ४५ लाख २० हजार रुपैयाँको रु. १०० अंकित दरका १ लाख ४५ हजार २ सय कित्ता आईपीओ जारी गरेको हो ।

कम्पनीले गत साउन १२ गते नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने रु.

Royal Enfield
nic asia capital
१०० अंकित दरका कुल १४ लाख ५२ हजार कित्ता साधारण सेयर निष्काशन गर्न अनुृमति पाएको थियो । जसअन्तर्गत कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ जारी गरेको हो ।

यो सेयर सम्पूर्ण रूपमा बिक्री नभएमा बिक्री नभए बराबरको शेयर समेत समायोजन गरी सर्वसाधारणमा निष्काशन गरिने कम्पनीले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा ७ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ छिटोमा भदौ १ गते र ढिलोमा भदौ ११ गते बैंकिङ समयपछि बन्द हुनेछ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो शेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेकालाई शेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
546SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?