National life
cg eloctronics

सानिमा जिआईसीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ चैत २०८१, बिहिबार
952Shares
सानिमा जिआईसीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका
muktinatha bikash bank

काठमाडौं। सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (चैत ७ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरणका लागि चैत ८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने भएका छन् ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको छ। कम्पनीले यही चैत २१ गते अमृतभोग, कालिकास्थानमा बिहान ११ बजेदेखि सभा बस्दैछ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सभाले २५ प्रतिशत हकप्रद शेयर संशोधन गरी १७ प्रतिशत हकप्रद जारी गर्ने, गत आवमा भएको खर्च अनुमोदन गर्ने, सञ्चालक समितिको बैठक भत्ता संशोधन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

त्यसैगरी गत आर्थिक आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारण गर्ने प्रस्ताव सभामा पेश हुने भएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
952SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?