National life

सामाजिक न्यायका मुद्दामा सरकारको ध्यानाकर्षण गराउन माओवादीले खबरदारी सभा गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ कात्तिक २०८१, मङ्गलबार
572Shares
सामाजिक न्यायका मुद्दामा सरकारको ध्यानाकर्षण गराउन माओवादीले खबरदारी सभा गर्ने
ncell

काठमाडौँ। नेकपा माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौँमा खबरदारी सभा गर्ने घोषणा गरेको छ ।

सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन भन्दै काठमाडौँको प्रदर्शनी मार्गमा कात्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।

पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जन वर्गीय संगठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराए ।

माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारी सभा गर्ने जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै सामाजिक न्यायका मुद्दाहरूप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउन, सुशासन, सामाजिक न्याय र आर्थिक विकास तथा समृद्धिको पक्षमा अभिमत प्रकट गर्न, नेपाल विद्युत् प्राधिकरण लगायत सार्वजनिक संस्थाहरू, विश्वविद्यालयसहित शिक्षण संस्थाहरू र कर्मचारीतन्त्रमा गरिएको चरण राजनीतिकरण र हस्तक्षेपको प्रतिवाद गर्न र बढ्दो बजार भाउ र कालाबजारी नियन्त्रणका लागि पहल गर्न खबरदारी सभा थालिएको माओवादी केन्द्रले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
572SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?