National life

सामाजिक सञ्जालसम्बन्धी विधेयक: फोटो, भिडियो गलत प्रयोग गरेमा पाँच लाख जरिवाना

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ माघ २०८१, मङ्गलबार
396Shares
सामाजिक सञ्जालसम्बन्धी विधेयक: फोटो, भिडियो गलत प्रयोग गरेमा पाँच लाख जरिवाना
ncell

काठमाडौँ। सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले  राष्ट्रिय सभामा विधेयक गराएका हुन्। परिच्छेद ५ मा गरिएको कसुर र सजाय सम्बन्धी व्यवस्था अनुसार साइबर बुलिङ गरेमा तीन वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

साइबर बुलिङ भन्नाले कसैले इन्टरनेट जडान भएको डिजिटल उपकरणको माध्यमबाट सामाजिक सञ्जालको प्रयोग गरी साइबर स्पेसमा गलत वा हानिकारक वाक्य, शब्द, अक्षर, चिह्न, चित्र, तस्बिर, स्केच, फोटो, अडियो, भिडियो, श्रव्य–दृश्य, संकेत वा सन्देश पठाउने, पोष्ट गर्ने, सेयर गर्ने वा सोही कार्यबाट कसैलाई सताउने, धम्क्याउने, लज्जित गराउने, अपमान गर्ने, मानमर्दन गर्ने वा अफवाह फैलाउने आवाजको नक्कल गर्ने जस्ता कार्यलाई सम्झनुपर्ने विधेयकमा भनिएको छ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
396SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?