National life

सामाजिक सञ्जाल प्रतिबन्धपछि भीपीएनको खोजी बढ्यो : स्वतन्त्रताभन्दा जोखिम बढी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० भदौ २०८२, शुक्रबार
465Shares
सामाजिक सञ्जाल प्रतिबन्धपछि भीपीएनको खोजी बढ्यो : स्वतन्त्रताभन्दा जोखिम बढी
ncell

काठमाडौँ । सामाजिक सञ्जाललाई सरकारले अचानक बन्द गर्ने निर्णय गरेपछि नेपाली प्रयोगकर्ताको इन्टरनेट व्यवहारमा ठूलो परिवर्तन देखिएको छ। गुगल ट्रेन्डका अनुसार बिहीबार दिउँसोसम्म खासै खोजी नभएको ‘VPN’ (भर्चुअल प्राईभेट नेटवर्क) र ‘DNS’ (डोमेन नेम सिस्टम) जस्ता शब्दहरू सरकारले प्रतिबन्ध घोषणा गरेलगत्तै चुलिन थाले।

सामान्यतया प्राविधिक शब्दप्रति त्यति चासो नदेखाउने प्रयोगकर्ताले एकैदिनमा तीव्र खोजी गर्नुले सामाजिक सञ्जाल प्रयोग गर्न वैकल्पिक बाटो खोजेको स्पष्ट देखाउँछ।

गुगल ट्रेन्ड अनुसार मध्य नेपालका प्रयोगकर्ताले सबैभन्दा बढी भीपीएन खोजेका छन् ।

Royal Enfield
nic asia capital
खोजी शब्दहरूमा ‘VPN for Laptop’, ‘VPN for iPhone’, ‘VPN for Facebook’ अग्रस्थानमा छन् । यसले संकेत गर्छ कि सामाजिक सञ्जाल प्रतिबन्धले मानिसहरूलाई फेसबुक वा अन्य एप प्रयोग गर्न विकल्प खोज्न बाध्य बनाएको छ।

प्रहरीको चेतावनी

तर यसबीच प्रहरी साइबर ब्युरोले भने सावधान रहन आग्रह गरेको छ । प्रहरीका अनुसार निःशुल्क भीपीएन प्रयोग गर्दा व्यक्तिगत विवरण चोरी हुने, पासवर्ड वा बैंकिङ जानकारीसम्म सङ्कलन भई तेस्रो पक्षलाई बिक्री हुने सम्भावना रहन्छ। नेपालमै दर्ता भएका धेरै साइबर अपराधका घटनाहरू पनि भीपीएनमार्फत भएका छन् । अपराधीहरूले आफ्नो वास्तविक ठेगाना लुकाएर इन्टरनेट प्रयोग गर्दा अनुसन्धान जटिल हुन्छ। सोही कारण भीपीएनलाई सुरक्षित नठान्न पनि प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

भीपीएन के हो?

भर्चुअल प्राईभेट नेटवर्क (VPN) इन्टरनेट प्रयोग गर्दा प्रयोगकर्ताको वास्तविक स्थान (IP Address) लुकाउने प्रविधि हो। यसले मानिसलाई गोपनीय रूपमा इन्टरनेट प्रयोग गर्न र प्रतिबन्धित वेबसाइट वा एप्स खोल्न मद्दत गर्छ। यस्तै प्रविधि प्रयोग गरेर चीनदेखि इरानसम्मका प्रयोगकर्ताले सामाजिक सञ्जाल चलाउने गरेका छन्।

डीएनएस के हो?

डोमेन नेम सिस्टम (DNS) भनेको इन्टरनेटको फोनबुक हो। तपाईंले ‘facebook.com’ टाइप गर्दा DNS ले त्यसलाई कम्प्युटर बुझ्ने नम्बर (IP Address) मा रूपान्तरण गर्छ। जब सरकार वा इन्टरनेट प्रदायकले कुनै साइट ब्लक गर्छन्, DNS सेटिङ परिवर्तन गरेर कतिपय प्रयोगकर्ताले फेरि त्यसमा पहुँच पाउने गर्छन् ।

स्वतन्त्रता र जोखिमबीचको द्वन्द्व

विशेषज्ञहरूका अनुसार भीपीएन प्रयोग गर्दा दुई विरोधाभासी कुरा देखिन्छ । एकातिर, यो नागरिकको अभिव्यक्ति स्वतन्त्रता सुरक्षित गर्ने माध्यम बन्न सक्छ। प्रतिबन्धित प्लेटफर्ममा पनि मानिसले आफ्नो विचार राख्न वा सूचना पाउन सक्छन् । अर्कोतिर, यो सुरक्षागत जोखिम पनि हो। अविश्वसनीय भीपीएनले प्रयोगकर्ताको संवेदनशील विवरण बेच्ने, मालवेयर पठाउने वा अपराध गर्ने अवसर खोलिदिन्छ।

सामाजिक सञ्जाल प्रतिबन्धसँगै भीपीएन खोजी आकस्मिक रूपमा बढ्नु, प्रयोगकर्ताको प्रविधिप्रतिको जिज्ञासा मात्र होइन, स्वतन्त्रताप्रतिको आग्रह पनि हो। तर प्राविधिक विकल्प खोज्दा सुरक्षाको ख्याल नगर्दा स्वतन्त्रता नै खतरामा पर्ने जोखिम रहन्छ।

यो समाचार शेयर गर्नुहोस्
465SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?