National life

सार्वजनिक जग्गा सात दिनभित्र स्वेच्छाले खाली गर्न निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१९ वैशाख २०८३, शनिबार
1.4kShares
सार्वजनिक जग्गा सात दिनभित्र स्वेच्छाले खाली गर्न निर्देशन
ncell

नेपालगन्ज। सरकारले देशभर सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियान तीव्र पारेसँगै बाँकेको नरैनापुर गाउँपालिकाले पनि अतिक्रमणविरुद्ध कडा कदम अघि बढाएको छ ।

गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहद्वारा हस्ताक्षरित सूचनामार्फत अतिक्रमण गरी बसोबास वा संरचना निर्माण गरेका व्यक्तिहरूलाई सात दिनभित्र स्वेच्छाले जग्गा खाली गर्न निर्देशन दिइएको छ ।

तोकिएको समयभित्र जग्गा खाली नगरे वा अवैध संरचना नहटाएमा गाउँपालिकाले डोजर प्रयोग गरी हटाउने चेतावनी समेत सूचनामा दिइएको छ ।

गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलसँग समन्वय गर्दै अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने प्रक्रिया सुरु गरेको गाउँपालिका अध्यक्ष शाहले बताउनुभयो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उहाँका अनुसार सार्वजनिक जग्गा संरक्षणसम्बन्धी परिपत्र कार्यान्वयन गर्दै अतिक्रमण हटाउने सूचना जारी गरिएको हो । “सरकारको एक सय कार्यसूची” अन्तर्गत अतिक्रमण नियन्त्रण, संरक्षण र नयाँ अतिक्रमण रोक्ने नीति अनुसार अभियान अघि बढाइएको उहाँले बताउनुभयो ।

https://www.youtube.com/watch?v=KD7-BgTVb6Q

स्थानीयका अनुसार करिब दुई दशकअघि पनि गाउँपालिकामा अतिक्रमण हटाउने प्रयास भएको थियो । तर पछि विभिन्न शक्ति केन्द्रको संरक्षणमा पुनः अतिक्रमण बढ्दै गएको जनाइएको छ ।

नेकपा एमाले नरैनापुरका सचिव विनय दीक्षितले सार्वजनिक सम्पत्ति संरक्षणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो । अतिक्रमित क्षेत्रको यथार्थ विवरण तयार गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उहाँको धारणा छ ।

स्थानीय सरकारको अतिक्रमण हटाउने अभियानमा सबैले सहयोग गर्न आग्रह गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले यो अभियानले दीर्घकालीन रूपमा सुव्यवस्थित बसोबास तथा पूर्वाधार विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?