National life

सार्वजनिक–निजी सम्पत्तिको क्षतिपूर्ति सुनिश्चित गर्न मानव अधिकार आयोगको सुझाव

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१३ जेठ २०८३, बुधबार
1KShares
सार्वजनिक–निजी सम्पत्तिको क्षतिपूर्ति सुनिश्चित गर्न मानव अधिकार आयोगको सुझाव
ncell

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका हिंसात्मक घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई सिफारिस गरेको छ।

प्रतिवेदनअनुसार भदौ २४ गतेको प्रदर्शनका क्रममा आगजनीबाट मृत्यु भएका व्यक्तिहरूका परिवारलाई अन्य आन्दोलनका मृतक सरह समान राहत र क्षतिपूर्ति दिनुपर्ने उल्लेख गरिएको छ। पहिचान हुन बाँकी रहेका मृतकहरूको पहिचान गरी उनीहरूका परिवारलाई पनि आवश्यक सहायता उपलब्ध गराउन आयोगले आग्रह गरेको छ।

यसैगरी, सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका कैदीबन्दी तथा बालबन्दीका घटनाबारे सूक्ष्म अनुसन्धान गर्न र दोषी पहिचान गरी कारबाही गर्न पनि सिफारिस गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पीडित परिवारलाई अन्य प्रभावित परिवारसरह क्षतिपूर्ति दिनुपर्ने आयोगको सुझाव छ।

आयोगले आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिको विस्तृत मूल्याङ्कन गरी उचित क्षतिपूर्ति सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ। साथै संविधानले प्रत्याभूत गरेका अधिकारहरूको संरक्षण प्रभावकारी रूपमा हुन नसकेको उल्लेख गर्दै राज्यलाई दायित्व पूरा गर्न आग्रह गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?