National life

सार्वजनिक यातायात सुधारको प्रतिबद्धतासहित सिटौलाको नेतृत्वमा महासंघ

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|३१ वैशाख २०८३, बिहिबार
1.4kShares
सार्वजनिक यातायात सुधारको प्रतिबद्धतासहित सिटौलाको नेतृत्वमा महासंघ
ncell

काठमाडौं । सार्वजनिक यातायात क्षेत्रको नेतृत्व चयन सम्पन्न गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले नयाँ कार्यसमिति पाएको छ। सातौँ राष्ट्रिय महाधिवेशनबाट पुण्यप्रसाद सिटौला (सरोज) अध्यक्षमा निर्वाचित भएका छन्।

वैशाख २७ गते सुरु भएको महाधिवेशनअन्तर्गत बुधबार सम्पन्न मतदानबाट सिटौलाले १ हजार ३० मत प्राप्त गर्दै स्पष्ट बहुमतसहित नेतृत्व सम्हालेका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनका प्रतिस्पर्धी हरिशरण केसीले ४६४ मत पाएका थिए।

महाधिवेशनले वरिष्ठ उपाध्यक्षदेखि विभिन्न पदाधिकारीसमेत चयन गरेको छ। वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, एनकुमार साइ र केदार पौडेल निर्वाचित भएका छन्।

त्यस्तै उपाध्यक्ष पदमा चन्द्रा ओझा, डम्बरराज पन्त, आत्मराम थापा, कान्छाराम थिङ, कान्छामान बल, जितबहादुर भारती र रामप्रसाद सुवेदी विजयी भएका छन्। सात उपाध्यक्ष पदका लागि १३ जनाबीच प्रतिस्पर्धा भएको थियो।

महासंघको महासचिवमा डेकनाथ गौतम, मालवाहकतर्फ उपाध्यक्षमा यादवलाल श्रेष्ठ, उपमहासचिवमा देविन श्रेष्ठ, भानुभक्त बराल र पुरुषोत्तम सिंखडा निर्वाचित भएका छन्।

सचिव पदमा उमेश केसी, चेतप्रसाद गौतम र टंकप्रसाद बस्याल चयन हुँदा कोषाध्यक्षमा राजेन्द्र आचार्य ७१६ मतसहित विजयी भए। सहकोषाध्यक्षमा शोभाखर पौडेल चयन भएका छन्।

कुल ७८ सदस्यीय कार्यसमिति चयन भएको यस महाधिवेशनमा देशभरका यातायात व्यवसायी प्रतिनिधिहरू सहभागी थिए। नवनिर्वाचित अध्यक्ष सिटौलाले क्षेत्रीय समस्या समाधान र सुधारका लागि सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
















यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?