काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै सार्वजनिक संस्थानहरूको समग्र आर्थिक स्थिति सार्वजनिक गरेका छन्।
अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८०/८१ सम्ममा सार्वजनिक संस्थानहरूको कुल सम्पत्ति २९ खर्ब १० अर्ब १७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २.२० प्रतिशतले वृद्धि हो।
सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी पनि ५.८६ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।
तीमध्ये २० वटा संस्थान पूर्ण सरकारी स्वामित्वमा छन् भने बाँकी २५ संस्थानमा सरकारको बहुल लगानी छ। कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो आर्थिक वर्ष ९२०७९/८०० को तुलनामा ०.२३ प्रतिशतले घटेको हो।
हाल सञ्चालनमा रहेका संस्थानमध्ये २८ वटा संस्थान नाफामा छन्, १५ वटा घाटामा छन् भने दुई संस्थान पूर्ण रूपमा बन्द अवस्थामा रहेका छन्।


































