National life

सिंहदरबारमा सहकारीका महिला सञ्चालकहरूसँग विशेष छानबिन समितिको छलफल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ भदौ २०८१, आइतबार
662Shares
सिंहदरबारमा सहकारीका महिला सञ्चालकहरूसँग विशेष छानबिन समितिको छलफल
ncell

काठमाडौँ । सहकारीको रकम अपचलनको छानबिनका लागि गठित संसदीय विशेष समितिले आज (आइतबार) सहकारीका महिला सञ्चालकहरूसँग छलफल शुरु गरेको छ।

समितिले  सिंहदरबारमा सहकारीका महिला सञ्चालकसँग छलफल सुरु गरेको हो । छानबिन प्रतिवेदनको प्रारम्भिक मस्यौदा लेखन अघि बढाउने क्रममा महिला सहकारी सञ्चालकहरूसँग छलफल गर्न थालिएको  एक समिति सदस्यले जानकारी दिएका छन् ।

संसदीय विशेष समितिले सहकारीका महिला सञ्चालकसँग छलफल सकेपछि सहकारीमा हिनामिना भएको बचत रकम फिर्ता, दोषीमाथि कारबाहीलगायत उपायबारे सुझावसहित प्रतिवेदन लेखनको तयारीमा लागेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, विशेष समितिले यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ५० जनासँग समितिले बयान लिइसकेको छ। तत्कालीन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितको दबाबपछि संकटग्रस्त घोषित २९ वटा सहकारी संस्थाको बचत हिनामिनाबारे छानबिन गर्न संसदीय समिति बनाइएको थियो।

 

यो समाचार शेयर गर्नुहोस्
662SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?