काठमाडौं । आज सुनको मूल्य घटेको छ । हिजो आइतबारको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर कारोबारमा आएको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा खरिद बिक्री भएको छ ।
अघिल्लो दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजावी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।
































