National life

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२२ साउन २०८०, सोमबार
598Shares
सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड सम्पन्न
ncell

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । इन्स्योरेन्सले नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि निष्काशन गरेको आइपीओ आज सोमबार बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले बाँडफाँड गरेको हो ।

कम्पनीले असार ३१ गतेदेखि साउन १४ श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि ११ लाख २५ हजार कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २४४ रुपैयाँमा शेयर निष्काशन गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बिक्री प्रबन्धकका अनुसार यस आइपीओमा कुल २७,६२८ मात्र योग्य आवेदन परेको थियो । क्यापिटलका अनुसार सम्पुर्ण आवेदकहरुलाई न्युनतम १० देखि ४० कित्ता सम्म माग गर्ने ७,८८५ आवेदकहरुलाई माग बमोेजिमका १,५४,९९० कित्ता तथा ५० देखि २,००० कित्ता सम्म माग गर्ने १९,७४३ आवेदकहरुलाई ४० कित्ताका दरले ७,८९,७२० कित्ता गरी कुल ९,४४,७१० कित्ता बाँडफाँड गरियो ।

सो बाँडफाँड पश्चात् बाँकी रहन गएको १,८०,२९० कित्ताको हकमा ५० देखि २,००० कित्ता सम्म मागगर्ने १९,७४३ जना आवेदकलाई पुनः १० कित्ताका दरले बाँडफाँड गर्न अपुग हुने भएकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम ५० देखि २,००० कित्ता सम्म माग गर्ने सम्पुर्ण आवेदकहरुलाई एउटै समूहमा राखी गोलाप्रथा विधिद्धारा थप १० कित्ताका दरले १८,०२९ जना सफल आवेदक छनोट गरी १,८०,२९० कित्ता बाँडफाँड गरिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
598SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?