National life

सिटिजन बैंकको ‘स्मार्ट बचत खाता’, ग्राहक नै छक्क पर्ने यस्ता छन् सुविधा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ फागुन २०८०, मङ्गलबार
670Shares
सिटिजन बैंकको ‘स्मार्ट बचत खाता’, ग्राहक नै छक्क पर्ने यस्ता छन् सुविधा
ncell

काठमाडौं । सिटिजन बैंकले ग्राहकहरुका लागि ल्याएको ‘स्मार्ट बचत खाता’ लोकप्रिय बन्दै गएको छ । (मिनिमम व्यालेन्स) न्यूनतम शून्य रुपैयाँमै ग्राहकहरुले उक्त खाता खोल्न सक्ने बैंकले जनाएको हो ।

‘स्मार्ट बचत खाता’ मा विभिन्न स्किमहरु उपलब्ध छन् । उक्त खाता खोल्दा ग्राहकहरुले चार दशमलव पन्ध्र (४.१५) प्रतिशत व्याजदर प्राप्त गर्न सक्छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘स्मार्ट बचत खाता’ खोल्ने कुनै पनि ग्राहकहरुले एक वर्षका लागि निशुल्क डीम्याट एकाउन्टको समेत सुविधा पाउँने छन् । त्यस्तै, ई–कमर्शका लागि थ्री डी सेक्युअरको पनि निःशुल्क व्यवस्था रहेको छ भने ग्राहकहरुले एक वर्षका लागि इन्टरनेट बैंकिङको पनि सुविधा पाउँने छन् ।

त्यस्तै, एक वर्षे अवधिका लागि फ्रि डेभिड कार्ड, मोवाइल बैंकिङको सुविधा पनि उपलब्ध रहेको छ । सि–आस्वाको रजिस्ट्रेसन शुल्क नलाग्ने गरेको बैंकले अन्य बैंकको एटीएमबाट (क्यास विथ ड्र) पैसा निकाल्दा समेत अतिरिक्त शुल्क काटिदैन ।

सिटिजन बैंकले ल्याएको ‘स्मार्ट बचत खाता’ को सबैभन्दा रोचक पक्ष भनेको उक्त खाता भएका ग्राहकहरुले डिजिटल प्रोडक्टहरु खरिदा गर्दा ५० प्रतिशतसम्म डिस्काउन्ट हात पार्न सक्नेछन् ।

चेकको झन्झट बिना नै बैंकिङ कारोबार गर्न सकिने व्यवस्था मिलाएको बैंकले आफुहरु (पेपरलेस बैंकिङ) कागजी नगद बिना कारोबार गर्न प्रतिवद्ध रहेको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
670SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?