National life

सिटिजन लाइफको आईपीओमा पहिलो दिनमै २ लाख भन्दा बढीको आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१५ भदौ २०८०, शुक्रबार
531Shares
सिटिजन लाइफको आईपीओमा पहिलो दिनमै २ लाख भन्दा बढीको आवेदन
ncell

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा पहिलो दिनमै २ लाख ३४ हजार ७७९ जनाले आवेदन दिएका छन्।

सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म २७ लाख २६ हजार ३५० कित्ताका लागि आवेदन परेको हो। कम्पनीको आईपीओमा हालसम्म ६६ करोड ५२ लाख २९ हजार रुपैयाँ संकलन भएको छ।

कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर बिक्रि खुल्ला गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिशेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरुका लागि निष्काशन गरिसकेको छ ।

त्यस्तै, बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता शेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ । अब भने इन्स्योरेन्सले बाँकी रहेको ९० लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि आजदेखि बिक्री खुल्ल गरेको हो ।

सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
531SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?