National life

सिटिजन लाइफको खुद मुनाफा ६५.८८ प्रतिशतले वृद्धि,जीवन बीमा कोषमा ९ अर्ब ४१ करोड जम्मा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३० साउन २०८०, मङ्गलबार
1.1kShares
सिटिजन लाइफको खुद मुनाफा ६५.८८ प्रतिशतले वृद्धि,जीवन बीमा कोषमा ९ अर्ब ४१ करोड जम्मा
ncell

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले २० करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।जुन गत आव भन्दा ६५ दशमलव ८८ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १२ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ६ दशमलव ७२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक बर्षमा ५ अर्ब ०१ करोड रुपैयाँ खुद बीमशुल्क आर्जन गरेको कम्पनीले यस त्रैमाससम्मा आफनो खुद बीमाशुल्क आर्जन बढाएर ५ अर्ब ३५ करोड रुपैयाँ पुराएको छ ।

कम्पनीको जीवन बीमा कोष ५६ दशमलव ०७ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा ९ अर्ब ४१ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यहि अवधिमा जीवन बीमा कोषमा ६ अर्ब ०३ करोड रुपैयाँ थियो । त्यस्तै जगेडा कोष २१ दशमलव ५० प्रतिशतले वृद्धि हुँदै १ अर्ब ९ करोड पुगेको छ ।

कम्पनीले गत आर्थिक वर्ष १ अर्ब ५७ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १६ करोडको दाबी भुक्तानी भएको थियो । सिटिजन लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ६२ करोड छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?