National life

सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम् ७७ रुपैयाँसम्म बोनस पाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ मंसिर २०८०, सोमबार
587Shares
सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम् ७७ रुपैयाँसम्म बोनस पाउने
ncell

काठमाडौं । सिटिजन लाइफले नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । सिटिजन लाइफले बीमितले पाउने नयाँ बोनसदर नेपाल बीमा प्राधिकरणबाट यही मंसिर १५ गते स्वीकृत भए पश्चात सार्वजनिक गरेको हो ।

कम्पनीले आव २०७९।०८० को जीवन बीमा कोष र बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज सार्वजनिक भएको नयाँ बोनसदर अनुसार बीमितले अधिकतम् ७७ रुपैयाँसम्म बोनस पाउनेछन् ।

कम्पनीका अनुसार अग्रिम भुक्तानी सावधिक बीमालेखमा न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम् ५५ रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् । त्यस्तै, बार्षिक अग्रिम भुक्तानीमा २५ रुपैयाँदेखि २८ रुपैयाँसम्म बोनस पाउनेछन् । अग्रिम भुक्तानी बीमा पोलिसीमा बीमाङ्क रकम अग्रिम रुपमा फिर्ता भइसकेको हुँदा बोनस दर कम हुने गर्दछ ।

त्यस्तै, सिटिजन शुभारम्भ सावधिक प्लस बीमालेखमा अवधी अनुसार न्यूनतम ३५ रुपैयाँदेखि ७५ रुपैयाँसम्म प्रतिवर्ष प्रति हजारका दरले बीमितले बोनस पाउनेछन् । सावधिक (रेगुलर) बीमालेखमा बीमा अवधी अनुसार न्यूनतम ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म बोनस निर्धारण भएको छ ।

त्यस्तै, सिटिजन बाल भविष्य बीमालेख अन्तर्गत न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम् ६७ रुपैयाँसम्म बोनस पाउनेछन् । त्यस्तै, सावधिक तथा आजिवन बीमालेख (सिटिजन जीवन सारथी) मा बीमा अवधी अनुसार न्यूनतम ३७ रुपैयाँदेखि ७७ रुपैयाँसम्म बोनस दर निर्धारण भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
587SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?