National life

सिटिजन लाइफको नाफामा ८६.७८% को बढोत्तरी, बीमाशुल्क सहित यी सूचकमा उल्लेख्य वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ माघ २०८१, सोमबार
1.2kShares
सिटिजन लाइफको नाफामा ८६.७८% को बढोत्तरी, बीमाशुल्क सहित यी सूचकमा उल्लेख्य वृद्धि
ncell

काठमाडौँ। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा बढोत्तरी भएको छ । कम्पनीको बीमाशुल्क आर्जन बढेसँगै नाफामा सुधार आएको हो ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार २३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ८६.७८ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले १२ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कम्पनीको खुद बीमाशुल्क आर्जन पनि २३.६९ प्रतिशतले बढेको छ। दोस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब १८ करोड रुपैयाँ बराबरको खुद बीमाशुल्क आर्जन गरेको छ।

अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ५७ करोड रुपैयाँ बराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो। कम्पनीको कुल आम्दानी भने ४ अर्ब १८ करोड रुपैयाँ रहेको छ। त्यस्तै समीक्षा अवधिमा कम्पनीले ३ अर्ब २१ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम २ अर्ब ६० करोड रुपैयाँ थियो।

यस्तै, समीक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ९५ करोड ६ लाख रुपैयाँ, अन्य प्रत्यक्ष आम्दानीबाट ९० लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ४ करोड ७२ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ।

कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ९५ करोड रुपैयाँ बराबरको कुल खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीको खर्च ३ अर्ब २३ करोड रुपैयाँ थियो। कम्पनीको रिटेन्ड अर्निङमा ८३ करोड ८० लाख सञ्चित छ ।

त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ११.७३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८१.८२ रुपैयाँ,अनुपात ५९.२४ गुणा कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?