National life

सिटिजन लाइफको बीमा शुल्क २२% ले बढ्यो, यस्ता छन् अन्य सूचक

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२६ माघ २०८२, सोमबार
1.1kShares
सिटिजन लाइफको बीमा शुल्क २२% ले बढ्यो, यस्ता छन् अन्य सूचक
ncell

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त अवधिमा कम्पनीले २३ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो रकम गत वर्षको सोही अवधिको २३ करोड ९ लाख रुपैयाँको तुलनामा ०.२४ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बीमाशुल्क संकलनमा भने उल्लेख्य वृद्धि देखिएको छ। कम्पनीको खुद बीमाशुल्क २२.२२ प्रतिशतले बढेर ३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष यही अवधिमा बीमाशुल्क संकलन ३ अर्ब १८ करोड रुपैयाँ थियो। समग्र आम्दानी पनि उक्लिँदै ४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको ४ अर्ब १८ करोड रुपैयाँभन्दा बढी हो।

समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको जनाएको छ। यो रकम अघिल्लो वर्षको तुलनामा १९.९३ प्रतिशतले बढेको हो। खर्चतर्फ पनि वृद्धि देखिँदै कुल व्यय ४ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ,  अघिल्लो वर्ष ३ अर्ब ९५ करोड रुपैयाँ थियो।

कम्पनीको महाविपत्ति कोष २५ करोड ३५ लाख रुपैयाँ पुगेको छ भने संचित नाफा घटेर ३५ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ। जीवन बीमा कोषको आकार २२ अर्ब ८१ करोड रुपैयाँ कायम छ।

वित्तीय सूचकांकतर्फ हेर्दा प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५४ पैसा, प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ९१ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५१९ रुपैयाँ १४ पैसा र मूल्य–आम्दानी अनुपात ५२.१६ गुणा रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?