काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । कम्पनीले शुक्रवार एक सूचना प्रकाशित गर्दै शेयरधनीहरुलाई यस्ताे आग्रह गरेको हो ।
कम्पनीले शेयर सिडिएस एण्ड क्लियरिङमा दर्ता तथा नेप्सेमा सूचिकरणको प्रक्रियामा रहेको जनाएको छ । त्यसका लागि संस्थापक शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गर्नुपर्ने जनाएको छ ।
भौतिक रुपमा जारी गरेको संस्थापक शेयर तथा सोको हकप्रद शेयर प्रमाणपत्रहरुका साथै आफ्नो हितग्राही खाता खोलेको प्रमाणको प्रतिलिपि सहितको कम्पनीको वेबसाइटमा उपलब्ध ‘अभौतिकीकरण गरिदिने फाराम’ भरी शेयर अभौतिकीकरण गर्न कम्पनीले आग्रह गरेको छ ।
कम्पनीका अनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंको थापाथलीस्थित एलएस कम्प्लेक्समा बुझाउनु पर्नेछ ।





































