National life

सिटिजन लाइफ इन्स्योरेन्सको टाउन हल सभा सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ साउन २०८०, आइतबार
524Shares
सिटिजन लाइफ इन्स्योरेन्सको टाउन हल सभा सम्पन्न
ncell

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले टाउन हल सभाको १० औँ संस्करण श्रावण २ गते, मंगलवार सम्पन्न गरेको छ । कम्पनीले कार्यरत सम्पूर्ण कर्मचारीहरुका लागि प्रत्यक्ष तथा भिडियो कल मार्फत हरेक त्रैमासिक अन्तरालमा यस कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

’’ टाउन हल सभा सबै कर्मचारीहरुको लागि एक सिटिजन टिमको रूपमा एकसाथ आउन र कम्पनीको भावी रणनीतिमा एकताबद्ध हुने अवसर हो । कम्पनीले गरेको प्रगति, सफलताहरू, भावी कार्य योजना तथा प्राथमिकताहरूको बारेमा अद्यावधिक हुने र छलफलमा संलग्न हुन र सोमा उठेका कुनै पनि प्रश्नहरू साझा गर्ने अवसर हो ।“ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कर्मचारी मैत्री कार्यस्थल बनाउन र सम्पूर्ण टिमलाई कम्पनीको लक्ष्य पुरा गर्नको लागी व्यवस्थापन टिमसँग पङ्क्तिबद्ध भएर साथ साथ अघि बढ्न यस्तो सभाले महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले बताउनु भएको छ । सिटिजन लाइफले टाउन हल सभालाई प्रत्येक कर्मचारीले जान्नुपर्ने कुराहरूलाई सुदृढ पार्न शैक्षिक अवसरको रूपमा प्रयोग गर्ने पौडेलको भनाई छ ।

कम्पनीमा कार्यरत कर्मचारीहरूले कम्पनीको संरचना तथा विभाग अनुसारको कार्य तथा अन्तरक्रिया नियमित रूपमा गर्ने गर्दछन् तर कम्पनीको प्रमुख कार्यकारी अधिकृतसँग त्रैमासिक रूपमा प्रत्यक्ष भेट्ने, कम्पनीको प्रगति तथा योजनको जानकारी प्राप्त गर्ने र सो विषयमा संवाद एवं छलफल गर्ने अवसरले संस्थाको सबै तहमा प्रभाकारी सञ्चार हुने तथा कर्मचारीहरूलाई एकसाथ ल्याउने यो उत्कृष्ट माध्यम भएको कम्पनीले जनाएको छ ।

कार्यस्थलमा एक स्वस्थ वातावरण स्थापना गर्ने सन्दर्भमा, टाउन हल सभाहरू कर्मचारीहरूलाई आफ्ना विचारहरू प्रस्तुत गर्न र सशक्त बनाउनको लागि अत्यन्त महत्त्वपूर्ण रहने कम्पनीले जारी गरेको विज्ञप्तिमा बताएको छ।

यो समाचार शेयर गर्नुहोस्
524SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?