काठमाडौं । बिश्व बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधी र सेवाहरुको बिकास भैरहेको छ । केही समय पहिलेसम्म नगद पैसा नबोकीकन कारोबार नै नहुने अवस्था रहेको नेपाली बैकिङ क्षेत्रले पनि समयअनुरुप नयाँ तथा ग्राहकमैत्री सेवाहरु दिदै आएको छ । यसै अनुरुप नेपालमा प्रिमियम बैंकिङलाई नयाँ परिभाषा दिदै सिद्धार्थ बैंकले आधिकारिक रूपमा सिद्धार्थ भिसा प्लेटिनम क्रेडिट कार्डको सुरुवात गरेको छ । बैंकिङ क्षेत्रलाई सहज, सरल र ग्राहकमुखी बनाउने उद्येश्यले बैंकले यो कार्डको सुरुवात गरेको जनाएको छ ।
खासगरी वैदेशिक यात्रा गर्ने, व्यापार व्यवसायमा संलग्न तथा सुविधासम्पन्न बैंकिङ सेवा चाहने जोसुकैका लागि पनि यो कार्ड सहयोगी हुने बिश्वास बैंकले लिएको छ । यो कार्ड लिने ग्राहकहरूले सिद्धार्थ बैंकका शाखाहरू मार्फत आवेदन दिएर वा अनलाइनबाट अप्लाई गरेर समेत प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
आज हामी तपाईलाई नेपालको बैकिङ क्षेत्रमा नै पहिलो पटक सिद्धार्थ बैंकद्वारा जारी गरिएको यस कार्डका मूख्य विशेषताहरूका बारेमा जानकारी दिदैछौ ।
प्रयोगकर्तालाई कार्ड प्रयोगका आधारमा विभिन्न प्रकारको क्यास ब्याक र पुरस्कार अंकहरू प्रदान गर्ने सिद्धार्थ भिसा प्लेटिनम क्रेडिट कार्डले विभिन्न बिभिन्न रिटेल स्टोरहरू र रेस्टुरेन्टहरूमा डिस्काउन्टका साथै अन्य विशेष अफरहरूको सुविधा समेत दिने बैंकले जनाएको छ । बैंकले ग्राहकलाई थप सुविधाहरू दिदै सहज बैंकिङ अनुभव दिनु मुख्य उद्येश्य राखिएको सिद्धार्थ भिसा प्लेटिनम क्रेडिट कार्डका मुख्य बिशेषताहरुलाई यसप्रकार उल्लेख गर्न सकिन्छ ।
१. अन्तर्राष्ट्रिय एयरपोर्टमा लाउन्ज सुविधा(Complimentary Lounge Access)
खासगरी थाइल्यान्ड, मलेसिया, सिंगापुर, कतार, यूएई, चीन, भारत र अष्ट्रेलिया लगायतका देशहरुमा यो कार्डको प्रयोग गरेर फाइदा लिन सकिने बैंकको भनाई छ । विश्वभर १,५०० भन्दा बढी प्रिमियम एयरपोर्ट लाउन्जहरूमा सहभागी हुन पाउने गरी यो कार्ड प्रयोगकर्ताहरुले आरामदायी सिट, जलपान, वाइफाइ, र व्यावसायिक सेवाहरू जस्ता सुविधाहरू सहित विलासी यात्रा अनुभवहरूको आनन्द लिन सकिन्छ ।
२. प्रायोरिटी बैंकिङ सेवामा आधारित विशेष सुविधाहरू प्रदान गरिने(Priority Banking Services)
यो कार्डको प्रयोगद्धारा प्रयोगकर्ताले व्यक्तिगत बैंकिङ सेवाहरूका साथै, सम्बन्ध प्रबन्धकहरू, शाखाहरूमा द्रुत सेवा, प्राथमिकताका लाइनजस्ता सुविधा प्राप्त गर्नसक्ने बैंकले जनाएको छ । जसले निर्बाध र विशेष बैंकिङ अनुभव सुनिश्चित गर्ने बैंकको दाबी छ ।
३. UNO साझेदार आउटलेटहरूमा विशेष छुटको व्यबस्था (Special Discounts at Partner Outlets)
यस्तो छुट पाउनको लागि यो कार्डधारकले युनो मोबाइल एप समेत प्रयोग गर्न सकिनेछ । जसले प्रयोगकर्ताहरूलाई नयाँ प्रस्तावहरू, क्यासब्याक सम्झौताहरू, र समय–सीमित प्रचारहरूमा अद्यावधिक राख्छ । एपले डिजिटल कार्ड व्यवस्थापनलाई पनि सक्षम बनाउँदै स्टेटमेन्ट, उपलब्ध प्रस्तावहरू जाँच गर्न र वास्तविक समयमा आफ्नो युनो कार्ड व्यवस्थापन गर्न अनुमति दिन्छ ।
४. निः शुल्क इन्टरनेसनल ट्राभल कार्ड (Complimentary International Travel Card)
सिद्धार्थ बैंकले आफ्नो प्लेटिनम भिसा कार्ड प्रयोगकर्ताहरुलाई निः शुल्क इन्टरनेसनल ट्राभल कार्ड समेत प्रदान गर्ने गर्छ । जसको सहयोगले विदेशमा झन्झटमुक्त कारोबार गर्नुका साथै प्रयोगकर्ताहरूलाई रूपान्तरण शुल्कजस्ता अन्य शुल्कहरूको चिन्ता नगरी विदेशी मुद्रा भुक्तानी गर्न पनि सहयोग गर्छ । यसका साथै कतिपय अवस्थामा, बैंकले यस प्रकारका कार्डधारकहरूलाई होटल बुकिङ, फ्लाइट टिकट, ट्रान्सपोर्ट सेवाहरू, वा अन्य ट्राभल सम्बन्धी सुविधामा समेत विशेष छुट दिन सक्छ ।



































