काठमाडौँ। सिन्धु विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ ।
बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा २८७.६० प्रतिशतले वृद्धि भएको छ।
सिन्धु विकास बैंकले अघिल्लो आवको असार मसान्तसम्म ३ करोड ४ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो।
त्यस्तै, बैंकको खुद नाफा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी (ईपीएस) पनि १५.६९ रुपैयाँले वृद्धि भएको छ। अघिल्लो वर्ष बैंकको ईपीएस ५.४६ रुपैयाँ थियो भने गत वर्ष बढेर २१.१५ रुपैयाँ पुगेको हो।
यस अवधिमा बैंकको खुद सञ्चालन आम्दानी २० करोड ५९ लाख रुपैयाँबाट ६०.१२ प्रतिशतले बढेर ३२ करोड ९७ लाख रुपैयाँ पुगेको छ। बैंकको खुद ब्याज आम्दानी भने अघिल्लो वर्ष १९ करोड १४ लाख रुपैयाँ रहेकोमा गत वर्ष ३०.१४ प्रतिशतले घटेर १३ करोड ३७ लाख रुपैयाँमा झरेको छ।
त्यसैगरी बैंकको सञ्चालन नाफा पनि अघिल्लो वर्ष २ करोड ९६ लाख रुपैयाँ मात्रै रहेकोमा गत वर्ष ४१७.३९ प्रतिशतले बढेर एकैचोटी १५ करोड ३५ लाख रुपैयाँमा पुगेको छ।
बैंकको जगेडा कोषमा २० करोड ७५ लाख रुपैयाँ ऋणात्मक छ भने रिजर्भमा १३ करोड ३४ लाख रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा अघिल्लो वर्ष १०.६३ प्रतिशत रहेकोमा गत वर्षसम्म घटेर ६.०३ प्रतिशतमा झरेको छ।


































