National life

सीमा विवादबारे भारत, चीन र बेलायतसँग संवाद भइरहेको प्रधानमन्त्रीको दाबी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१७ जेठ २०८३, आइतबार
1.1kShares
सीमा विवादबारे भारत, चीन र बेलायतसँग संवाद भइरहेको प्रधानमन्त्रीको दाबी
ncell

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको सीमा विवादका विषयमा भारत र चीनसँग मात्र नभई बेलायत सरकारसँग पनि कूटनीतिक संवाद भइरहेको बताएका छन्।

प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री शाहले ऐतिहासिक रूपमा सीमा सम्बन्धी मुद्दामा बेलायतको भूमिका रहेकाले त्यस विषयमा पनि छलफल आवश्यक भएको धारणा राखिएको बताए।

उनका अनुसार, भारतले नेपालको भूमि प्रयोग गरी बाटो खोलिएको विषयमा सरकारले भारतलाई कूटनीतिक नोट पठाइसकेको छ, जसको जवाफ पनि प्राप्त भइसकेको छ। सो जवाफमा दुवै देशले इतिहासविद् तथा सम्बन्धित विज्ञहरू सम्मिलित टोलीमार्फत वार्ता गरेर समाधान खोज्ने सहमति भएको जानकारी उनले दिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रधानमन्त्री शाहले सीमा समस्या समाधानका लागि संवाद र कूटनीतिक प्रक्रिया नै प्राथमिक बाटो हुने स्पष्ट पारे।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?