काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको छ । सोमबार सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४१ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी पनि तोलामा ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

































