काठमाडौँ । सुनको मूल्य आज पनि स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विगत ४ दिनदेखि सुनको मूल्य स्थिर कायम भएको हाे ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५५० रुपैयाँ कायम छ ।
गत साताको बिहीबारदेखि यही मूल्यमा सुनको कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज ५ रुपैयाँले घटेर तोलामा १४ सय ६० रुपैयाँ कायम भएको छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १४ सय ६५ रुपैयाँ कायम थियो ।





































