काठमाडौं । आज मंगलबार सुनको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १२ हजार ७ सय र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ ।
सोमबार छापावाला सुनको मूल्य एक लाख १३ हजार र तेजावी सुनको मूल्य प्रतितोवला एक लाख १२ हजार ४५० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज चाँदीकाे मूल्य पनि घटेकाे छ । चाँदी तोलामा २० रुपैयाँले घटेको हाे ।
सोमबार प्रतितोला एक लाख ४६५ रुपैयाँ कायम रहेको चाँदी आज एक हजार ४४५ रुपैयाँमा कायम भएको छ ।
































