काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १०० रुपैयाँले बढेको हाे ।
त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ छ ।
शुक्रबार छापावाल सुनको मूल्य १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १४ सय ६० रुपैयाँमा काराेकार हुँदैछ ।
































